एक करोड जितेमा विश्व भ्रमणमा निस्कने योजना बनाएका जैनको सपना पूरा
काठमाडौं : एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपतिु’मा विराटनगरका राजिव जैनले १ करोड जित्न सफल भएका छन् । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपतिु’को ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको जवाफ सही जवाफ दिएर १ करोड जितेका हुन् । अघिल्लो हप्ता ४१ औं १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए ।
नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाले सञ्चालन गर्दै आएको ‘को बन्द करोडपतिु’मा १ करोड जित्ने जैन पहिलो प्रतियोगी बनेका हुन्। २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो ? भन्ने १५ औं तथा अन्तिम प्रश्नको वि.सं २०१४ माघ १९ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् ।
एक करोड जितेमा विश्व भ्रमणमा निस्कने योजना बनाएका जैनको सपना पूरा भएको छ ।
क्याटेगोरी : देश, मनोरञ्जन, समाचार, समाज
प्रतिक्रिया दिनुहोस