Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसाहित्यरसुवाली कविको चर्चित कविता : छातीमा बेनी

रसुवाली कविको चर्चित कविता : छातीमा बेनी


छातीमा बेनी

यो देशको लागि बलिदान गर्न पाउ भन्दै
लालिगुरास जस्तो रातो युद्धमा कोही सहभागी हुन्छ भने
त्यो बेनी मोर्चाको योद्धा हो

बेनी हाम्रो इतिहासकै स्वर्णिम पलको नाम हो
बेनी जनताको काखमा फुलेको
बास्नादार फुलको नाम हो

कमरेड सूचना !
खोल्नुस फायर
यो युगलाई मुक्त गर्न
म्याग्दीको सदरमुकाम ध्वस्त पार्नुस

आकाशमा परेवा उडाएर सरकार सुनौलो इतिहास खोजिरहेका
युवाहरूलाई खरानी बनाइरहेछ

लेफट राइट लेफट
लेफट राइट लेफट
कमरेड परिवर्तन !
तयार गर्नुस फर्मेसन
सुर्यलाई उदाउन नदिने
यो खुनी डाडालाइ ध्वस्त बनाउनुस

यो ताराखोला
अब रगत बनेर बग्छ
अमेरिकन फौजलाई सातो खुवाउने हाम्रो फौज
झुल्किदै गरेको बिहानलाई रातो सलामी चढाउछ

लेफट राइट लेफट
लेफट राइट लेफट
राजनीतिक कमिसार कमरेड
निमोनियाग्रस्त युद्धबन्दीहरूलाई पनि
खेलाउनुस परेड

बेनीमा गोलि चल्यो
अब युगको कोल्टे फेर्ने पालो

मुना गाउँमा जब खेल्छन
जनमुक्ति सेनाले परेड
आकाश पनि खुशी हुन्छ
धर्तीलाई लालसलाम गर्छ

धौलागिरी हिमाल योद्धाहरु जतिकै अग्लो देखिन्छ

बेनि तिमी मलाई एक थान लालसलाम गर्ने अनुमती देउ

फुल्दै गरेको एउटा लालीगुराँस
म तिम्रो छातीमा चढाउन चाहन्छु


क्याटेगोरी : साहित्य


प्रतिक्रिया दिनुहोस