वाग्मती प्रदेशमा बढेको भाडा आजदेखि लागु
पाँच किलोमिटरसम्म १८ रुपैयाँ
वाग्मती प्रदेश सरकारले बढाएको प्रदेश भित्रका सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागु भएको छ । वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागु हुने गरी गरेको निर्णय अनुसार नयाँ भाडादर लागु भएको हो ।
मन्त्रालयले तोकेको भाडादर पाँच किलोमिटरमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ तिर्नुपर्नेछ । काठमाडौं उपत्यकामा पनि गाडी चढ्न बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ ।
१० किलोमिटरसम्म २३ रुपैयाँ
१५ किलोमिटरसम्म २७ रुपैयाँ
२० किलोमिटरसम्म ३० रुपैयाँ
२० किलोमिटरमाथि ३५ रुपैयाँ
source : baahrakhari.com
क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस