म्यागङ गाउपालिकामा शान्ति लामालाइ अध्यक्ष बनाउने म्यागङका नागरिकहरुको चाहाना
गत निर्वाचनमा भारि मतले बिजय भए सङ्गै, अभ्यासमा रहेको सङ्घियताको जगमा रहेर स्थानीय तहमा जनप्रतिनिधिले खेल्नुपर्ने भुमिकामा बिबादरहित रुपमा काम गरेको शिक्षित एवम बौद्धिक व्यक्ति म्यागङ गा पा को पहिलो जननिर्वाचित उपाध्यक्ष हुन् शान्ति लामा । नुवाकोट जिल्लाको साबिक किम्ताङ गा बि स मा जन्म भइ माध्यमिक शिक्षा हासिल गाउकै बिधालयबाट प्राप्त गरे सङ्गै नुवाकोट आदर्श बहुमुखी कलेजबाट शिक्षा विषयमा स्नातकोत्तर गरि हाल राजनीति र शिक्षा शास्त्रमा पि एच डि गर्दै गरेको र स्थानीय तहको निर्वाचन अघि गाउँकै चन्द्रदेबि आधरभुत बिधालयमा १५ बर्ष प्रधानाध्यापक भएर जिल्लामै एक नमुना बिधालय बनाउन सफल प्रशासकको रुपमा परिचित रहेको पाइन्छ । शिक्षण पेशामा रहदा सामाजिक सङ्घ सस्थामा आबद्द भएर समाज सेवामा निरन्तर लागेकै कारण स्थानीय निर्वाचनमा सबै भन्दा बढि मतले बिजय भएको देखिन्छ ।
२०७० को दोस्रो संबिधाना सभाको निर्वाचनको समय पार्टीको साधारण सदस्य बनेदेखि आफुलाई पार्टीको एक इमानदार सिपाही सम्झेर काम गरेकै कारण स्थानीय निर्वाचनमा उपाध्यक्ष पदको टिकट सङ्गै १४ औ महाधिवेशनमा महासमिति सदस्य समेत बन्न सफल भएका हुन शान्ति लामा
गाउँ पालिकामा उपाध्यक्ष निर्वाचित भए पछि आफ्नो कार्य क्षेत्रमा नागरिकको घर दैलोमा पुगि आफ्नो जिम्मेवारी बहन गरेको मात्रै नभइ बिकास बजेटलाई गाउँ पालिका भित्र्याउन मा प्रदेश सङ्घ सरकारको मन्त्रालयमा पुगि बजेट ल्याएका उदाहरणीय कामहरु गरेका छन। गाउँ पालिकाको समग्र बिकासका लागि कृषि, पर्यटन र यातायातलाई सङ्गै लिएर गाएमा मात्रै गाउको बिकास हुने भन्ने धारण राखेका शान्ति लामा महिला सशक्तीकरण र युवा लक्षित कार्यक्रममा गाउँ पालिकाले नीति कार्यक्रम सङ्ग बजेट राखेर शिक्षा स्वास्थ्यमा लाई प्रबिधि सङग जोडेर समयसापेक्ष बनाउन, गा पा को जल जमिन जगल जडिबुटी जनशक्तिलाई पहिचान र परिचालनमा म्यागङ नागरिकको आसा भरोसालाई साकार पार्न आफ्नो उमेद्दवारी अध्यक्षमा हो भन्ने राख्छन् । नेपाली कांग्रेसमा आस्था राख्ने शान्ति लामा लाई गाउपालिकाको अध्यक्ष बनाउन पर्छ भन्ने चाहाना म्यागङ गाउपालिकाका स्थानियहरुको समेत रहेको बुझिएको छ । अनलाईन नुवाकोट टिम म्यागङको वडा वडामा गएर स्थानियहरु संग अबको अध्यक्षमा कस्लाई चाहानु हुन्छ भन्ने पश्नमा धरै स्थानियहरुले शान्ति लामा बताएका थिय ।
यसै लाई आधार मानेर हामिले उपाध्यक्ष लामा संग तपाईको अब आउने चुनावमा उमेद्दवारी अध्यक्षमा हो भनेर सोध्दा लामा भन्नुहुन्छ “ पार्टीले बिश्वास गरे अध्यक्षमा आफ्नो उमेद्दवारी दिने र पार्टी संगै म्यागङको जनता लाई निराश हुन नदिने ” बताउनु हुन्छ ।
क्याटेगोरी :
विचार / ब्लग,
समाचार
ट्याग : #hot, #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस