Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनोरञ्जनप्रथम ऐतिहासिक छहरे महोत्सवको तयारी तिब्र

प्रथम ऐतिहासिक छहरे महोत्सवको तयारी तिब्र


  • प्रथम ऐतिहासिक छहरे महोत्सवको नाम परिवर्तन गरि एतिहासिक प्रथम लिखु छहरे महोत्सव राख्न माग गरिएको छ ।
    २०७७ फागुण १४ गते देखि २२ गते सम्म हुन लागेको् महोत्सवको जानकारिदिन आयोजित पत्रकार सम्मेलनमा प्रथम ऐतिहासिक छहरे महोत्सवको नाम परिवर्तन गरि ऐतिहासिक प्रथम लिखु छहरे महोत्सव राख्न माग गरिएको हो । कार्यक्रममा लिखु अभियान्ता बिनोद पाठक लगाएतले नाम परिवर्तन गर्न आयोजक लाई सुझाव दिएका छन् । आयोजक टिमले नाम परिवर्तन गर्न आफुहरुको ध्यान गएको बताएका छन् ।
    लिखु गाउपालिकाका प्रमुख ध्रुव श्रेष्ठले प्रथम छहरे ऐतिहासिक महोत्सबले समग्र नुवाकोट जिल्लाको पर्यटकिय बिकाश तथा लिखुको लोक कला संस्कृतिको संरक्षण गर्नेे बताए ।
    अध्यक्ष श्रेष्ठले पर्यटकिय बिकाश,लोक कला संरक्षणका साथै लिखुको कृषि पेशालाई बजारिकरण गर्न सहयोग पुग्ने भएकोले नै लिखु गाउपालिकाले महोत्सबको आयोजना गरेको बताए ।
    यस्तै कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तारा बाहादुर कार्कीले महोत्सव गर्ने मात्र भनेर हुदैन गरिसकेपछि आयोजक टिमले ब्यवस्थापनमा बढि ध्यान दिनुपर्ने बताए ।
    उनले छैठौ नुवाकोट महोत्सव लाई ईकिंत गर्दै ब्यवस्थापन पक्ष कमजोर हुदा पुरा महोत्सवनै खल्लो हुने बताए । कार्यक्रममा महोत्सवको संयोजक सेरबहादुर के.सी(सानु के.सी)ले महोत्सवको उदेश्य, महोत्सवका आर्कषणहरुको बारेमा जानकारी गराएका थिए ।
    महोत्समा समग्र आम्दानी तर्फ ४८ लाख ५० हजार र खर्च तर्फ ४७ लाख अनुमान गरिएको छ ।


क्याटेगोरी : मनोरञ्जन, विचार / ब्लग, समाचार



प्रतिक्रिया दिनुहोस