एमाले नुवाकोटको छैठौँ पूर्ण बैठक सम्पन्न, निर्वाचन केन्द्रित निर्णय
नुवाकोट । नेकपा एमाले जिल्ला कमिटी नुवाकोटको छैठौँ पूर्ण बैठक सोमबार पार्टी कार्यालय बिदुरमा सम्पन्न भएको छ।
जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा तथा केन्द्रीय कमिटी सदस्य केशवराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले एघारौँ केन्द्रीय महाधिवेशनबाट नुवाकोटबाट केन्द्रीय सदस्यमा निर्वाचित केशवराज पाण्डे र बिन्दा ढुंगानालाई बधाई ज्ञापन गरेको छ। साथै मनोनीत जिल्ला कमिटी सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसलाई अनुमोदन गर्दै निर्वाचन क्षेत्र नम्बर १ बाट बद्री मैनाली र निर्वाचन क्षेत्र नम्बर २ बाट केशवराज पाण्डेलाई रायसहित प्रदेश कमिटीमा पठाउने निर्णय गरिएको छ।
बैठकले केन्द्रीय सदस्य बिन्दा ढुंगानाको संयोजकत्वमा ४ हजार १ शय ७७ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। साथै आर्थिक परिचालन, कानुनी तथा प्रशासनिक समस्या समाधान समिति र प्रचार–प्रसार समिति पनि गठन गरिएको छ।
उम्मेदवारी दर्ता र जनपरिचालनलाई प्रभावकारी बनाउन पौष २५ गतेदेखि माघ ३ गतेसम्म विभिन्न पालिकामा पार्टी बैठक आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया दिनुहोस