Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा ‘उज्यालो नेपाल पार्टी’को गठन

नुवाकोटमा ‘उज्यालो नेपाल पार्टी’को गठन


नुवाकोटमा ई. रामकृष्ण राजभण्डारीको संयोजकत्वमा नयाँ राजनीतिक संगठन उज्यालो नेपाल पार्टी औपचारिक रूपमा गठन गरिएको छ।
कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य देवकी पौडेलले गर्नुभएको थियो भने केन्द्रिय सदस्य डा. विशाल भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममार्फत १७ सदस्यीय तदर्थ समिति घोषणा गरिएको छ

आजै डा. विशाल भण्डारीले ब्यानर अनावरण गर्दै
विदुर–४, बट्टारमा पार्टी कार्यालय स्थापना गरिएको घोषणा गर्नुभयो

संयोजक रामकृष्ण राजभण्डारीले उज्यालो नेपाल पार्टीले पालिका हुँदै वडा तहसम्म संगठन विस्तार गर्दै गाउँ–बस्तीका वास्तविक समस्या पहिचान र समाधानका उपाय खोज्ने अभियान तीव्र रूपमा अघि बढाउने बताउनुभयो।
उहाँले परिवर्तन चाहने सम्पूर्ण व्यक्तिहरूलाई पार्टीको अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै “उज्यालो परिवर्तनको यात्रामा हातेमालो गरौँ” भन्ने सन्देश दिनुभयो।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस