Techie IT
गृहपृष्ठसमाचारलिखु गाउँपालिका–६ मा सार्वजनिक जग्गा नापजाँच र किला गाड्ने कार्य सम्पन्न

लिखु गाउँपालिका–६ मा सार्वजनिक जग्गा नापजाँच र किला गाड्ने कार्य सम्पन्न


नुवाकोट, लिखु।
लिखु गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअनुसार गाउँपालिका–६ को लिखु खोलाकिनारमा रहेको सार्वजनिक जग्गा नापजाँच गरी किला गाडी सार्वजनिक जग्गा छुट्टाउने कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ।

सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै शुरु गरिएको यस महत्वपूर्ण कार्यको थालनी गाउँपालिका अध्यक्ष धु्रव श्रेष्ठ र उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको विशेष उपस्थितिमा गरिएको हो।
त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष सुमन भण्डारी, वडा जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिताले कार्य प्रभावकारी रूपमा सम्पन्न हुन मद्दत पुगेको छ।

सार्वजनिक जग्गा पहिचान, सीमांकन र दीर्घकालीन रूपमा सुरक्षित गर्न नापजाँच–किला गाड्ने कार्यले महत्वपूर्ण आधार तयार पारेको स्थानीयवासीहरूले बताएका छन्। कार्यान्वयनको क्रममा आफ्नो क्षेत्र सहयोग र समन्वय प्रदान गर्ने युवा साथीसहित जग्गाधनीहरू प्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

लिखु–६ बाट सार्वजनिक जग्गा व्यवस्थापनको शुभ थालनी भएकोमा स्थानीयवासी खुशी व्यक्त गर्दै, अब छुट्याइएको जग्गाको उचित स्थानमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
गाउँपालिकाले यसलाई समृद्ध लिखु निर्माणको महत्वपूर्ण कदमका रूपमा लिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस