दोस्रो लिखु–छहरे महोत्सव २०८२ : चर्चित कलाकार दिनेश श्रेष्ठ र रचना रिमाल भोलि नुवाकोट आउँदै
नुवाकोटको सांस्कृतिक पहिचान र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना भइरहेको दोस्रो लिखु–छहरे महोत्सव २०८२ भोलिदेखि झनै रौनकिलो बन्ने भएको छ। महोत्सवमा देशभर चर्चित गायक दिनेश श्रेष्ठ र गायिका रचना रिमाल सहित अन्य लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुति हुने भएपछि सर्वसाधारणमा उत्साह बढेको छ।
गायक दिनेश श्रेष्ठका चर्चित आधुनिक गीत तथा गायिका रचना रिमालका लाखौँ श्रोता मन पराएका लोक–पप गीतहरू महोत्सवमा प्रत्यक्ष सुन्न पाउने अवसर भएकाले नुवाकोटका संगीत–रसिक अत्यन्त उत्साहित छन्। कलाकारहरू भोलि मंसिर ९ गते विशेष कार्यक्रममा सहभागी हुन नुवाकोट आउँदै छन्।
क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस