Techie IT
गृहपृष्ठसमाचारलिखु गाउँपालिकामा क्यारियर काउन्सेलिङ कार्यक्रम सम्पन्न

लिखु गाउँपालिकामा क्यारियर काउन्सेलिङ कार्यक्रम सम्पन्न


लिखु गाउँपालिका, नुवाकोटले स्थानीय रोजगार रणनीति योजना २०८०/०८१–०८४/८५ अनुसार रोजगार सेवा केन्द्रमार्फत माध्यमिक तह (कक्षा ९, १०, ११ र १२) का विद्यार्थीहरूलाई लक्षित गरी क्यारियर काउन्सेलिङ (Career Counselling) कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम श्री नारायणदेवी मा.वि., लिखु–१ वराफेदी तथा क्षेत्रपाल मा.वि., लिखु–४ चौघडा मा सम्पन्न गरिएको थियो।

कार्यक्रममा समाजिक विकास समितिका संयोजक श्री नरहरि पाण्डेको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष श्रीमती सुभद्रा अधिकारी उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

विद्यार्थीहरूलाई क्यारियर मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विज्ञ अजय रेग्मी र अनुपा श्रेष्ठ ले सहजीकरण गर्दै विभिन्न अध्ययन–अवसर, भविष्यमा रोजगारीका सम्भावना, सीप विकास र निर्णय क्षमता विकासका विषयमा विस्तृत रूपमा मार्गदर्शन गरेका थिए।

रोजगारमैत्री शिक्षा, विद्यार्थीलाई भविष्य–मुखी बनाउने अभिप्राय तथा स्थानीय तहबाट युवाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने उद्देश्यले गरिएको सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस