Techie IT
गृहपृष्ठसमाचारसुरक्षित यात्रा अभियान : हेल्मेट प्रयोगको सन्देशसहित होर्डिङ बोर्ड स्थापना

सुरक्षित यात्रा अभियान : हेल्मेट प्रयोगको सन्देशसहित होर्डिङ बोर्ड स्थापना


सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ अस्थायी ट्राफिक प्रहरी पोष्ट ढिकुरेको पहलमा मोटरसाइकल चालकहरूलाई लक्षित गरी हेल्मेट प्रयोग सम्बन्धी सचेतनामूलक होर्डिङ बोर्डहरू जडान गरिएको छ।

टोखा–छहरे सडकखण्डको छहरेदेखि ढिकुरेसम्मका उपयुक्त स्थानहरूमा स्थापना गरिएका यी होर्डिङ बोर्डहरूले सडक प्रयोगकर्तालाई हेल्मेटको अनिवार्यता र यसको महत्वबारे स्मरण गराउने उद्देश्य लिएका छन्।

होर्डिङ बोर्डमा उल्लेख गरिएको छ —
तपाईंको टाउकोको ख्याल गर्नुहोस् !!! सबैलाई नयाँ टाउको पाइँदैन।
मोटरसाइकल चलाउँदा अनिवार्य रूपमा हेल्मेट प्रयोग गरौं।
हेल्मेटले टाउको, कान, ओठ, मुख, आँखा र दाँत जोगाउँछ।”

यस अभियानमार्फत मोटरसाइकल चालकहरूलाई सुरक्षामा सचेत बनाउने र दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको स्थायी ट्राफिक प्रहरी पोष्ट ढिकुरेका प्रहरी सहायक निरीक्षक संखर रिमालले बताउनु भयो ।रिमालले, “सडक सुरक्षासँग सम्बन्धित सचेतना विस्तारका लागि लिखु गाउँपालिकाको सहयोगले यस अभियानलाई थप प्रभावकारी बनाएको बताउनु भएको छ ।टोखा–छहरे सडकखण्ड अन्तर्गत छहरेदेखि ढिकुरेसम्मका ५ स्थानमा होर्डिङ बोर्डहरू स्थापना गरिएको छ। यी स्थानहरू सडकको भीडभाडयुक्त तथा दुर्घटनाको सम्भावना बढी हुने स्थानहरू मानिन्छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस