ककनी गाउँपालिका–१ मा आगलागी, दुई परिवार बेघर

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १, जलुकेनी (कागतीगाउँ) निवासी सुकुटे बालामी र गाउले बालामीको घरमा सोमबार बिहान अचानक आगलागी भएको छ।
आगलागीका कारण घरभित्र रहेका अन्नपात, गरगहना, लत्ताकपडा, नगद रकमलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन्। आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन।
स्थानीय बासिन्दा र ककनी गाउँपालिकाको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको भए पनि दुवै परिवार विस्थापित अवस्थामा रहेका छन्।
घटनास्थलमा प्रहरीले निरीक्षण गरेको र क्षतिको विवरण संकलन कार्य भइरहेको वडा कार्यालयले जनाएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस