Techie IT
गृहपृष्ठसमाचारबासुदेव रिमालको २२औं स्मृति दिवसमा बागेश्वरी विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण

बासुदेव रिमालको २२औं स्मृति दिवसमा बागेश्वरी विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण


जनयुद्धका महान् सहिद बासुदेव रिमालको २२औं स्मृति दिवसको अवसरमा बागेश्वरी  आधारभूत विद्यालयमा अध्ययनरत ४८ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ।

उक्त कार्यक्रम हाल क्यानडामा बसोबास गर्दै आएका समाजसेवी, शिक्षाप्रेमी तथा अगुवा कृषक बुद्धिलाल तामाङको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षासामग्री वितरण गरी सहिद रिमालको योगदान र स्मृतिलाई सम्मान गरिएको आयोजकहरूले बताएका छन्।

सो अवसरमा वडा सदस्य डिल्लि प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर गाउँपालिकाका कार्यवाहक अध्यक्ष बमबहादुर तामाङ, नेपाली कांग्रेस तारकेश्वर गाउँ इकाई उपसभापति खम्बासिं तामाङ, मेन्दोमाया क्लबका अध्यक्ष फुलबहादुर तामाङ, नागेश्वरी कृषि सहकारी संस्था लिमिटेडका सचिव हरेराम रिमाल, पत्रकार रुपा अर्याल, विद्यालयका प्रधानाध्यापक मेनुका श्रेष्ठ लगायत विद्यालय परिवारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सहिद बासुदेव रिमालको २२औं स्मृति दिवसको अवसरमा उहाँले देखाएको सत्मार्ग र त्यागबाट प्रेरित भई समाज सेवामा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस