Techie IT
गृहपृष्ठसमाचारबिदुर–२ कोल्डस्टोर नजिक सडकमाथि अस्थिर रुख, दुर्घटनाको खतरा

बिदुर–२ कोल्डस्टोर नजिक सडकमाथि अस्थिर रुख, दुर्घटनाको खतरा


बिदुर नगरपालिका–२ कोल्डस्टोर नजिक सडकभन्दा माथिल्लो भागमा रहेको रुख ढल्ने अवस्थामा पुगेको छ । सो स्थानमा पहिरो पन्छाउने कार्य भए पनि उक्त रुखलाई बेवास्ता गरिएको कारणले अझै पनि दुर्घटनाको जोखिम कायम रहेको स्थानीयले बताएका छन् ।

रुख ठुलो नभए पनि अस्थिर माटोमा टेकेको र भिजेको माटोको कारण कुनै पनि बेला रुख ढल्ने सम्भावना रहेको छ । यसले सडक प्रयोग गर्ने पैदल यात्री र सवारीसाधन दुबैका लागि खतरा निम्त्याउन सक्छ ।
स्थानीयले सम्बन्धित निकायलाई रुखको अवस्थामाथि ध्यान दिन र समयमै नियन्त्रण गर्न आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस