नुवाकोटको लिखुमा अज्ञात शव फेला, पहिचानका लागि प्रहरीको आग्रह

नुवाकोट, असोज १५
नुवाकोट जिल्लाको लिखु गाउँपालिका–२, महादेव खोलामा अज्ञात शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार २०८२ साल असोज १४ गते दिउँसो करिब २ बजे स्थानीयवासीले नदी किनारमा मृत अवस्था देखेपछि जानकारी गराएपछि प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेको हो।
प्रहरी टोलीले घटनास्थलमा लाशजाँच तथा मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको छ। उक्त शवलाई पोस्टमार्टमका लागि त्रिशुली जिल्ला अस्पतालको शव गृहमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मृतकको नाम–थर, वतन, उमेर तथा लिङ्ग अहिलेसम्म पहिचान हुन सकेको छैन।
शवको हुलिया
रातो रंगको टिसर्ट लगाएको
उचाइ करिब ५ फिट ७ इन्च
बायाँ हातको हत्केलामा पुतली आकारको ट्याटु
नाडीको भागमा समेत ट्याटु
अनुहारसहित शरीरका विभिन्न भाग सडिगलेको अवस्था
जिल्ला प्रहरी कार्यालय नुवाकोटले शवको पहिचानमा सहयोग गर्न सबैमा आग्रह गर्दै, कोही कसैले शवलाई चिनेमा तुरुन्तै सम्पर्क गर्न अनुरोध गरेको छ।
सम्पर्क नम्बर
९८५१२५३७२४, ९८५१२८५१९९, ९८५१२८२८११
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस