विदुरमा मोटरसाइकल दुर्घटना, चालक घाइते

नुवाकोटको विदुर नगरपालिका क्षेत्रअन्तर्गत पसाङल्हामु राजमार्गमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।
बा ९१ प २९८७ नम्बरको पल्सर मोटरसाइकल विदुर नगरपालिकाबाट बेलकोटगढी नगरपालिकातर्फ जाँदै गर्दा पिपल्टार चोक नजिक सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चालकलाई तत्काल उद्धार गरी विदुरस्थित चक्रदेव अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयवासीका अनुसार राति करिब १२ बजेतिर ठूलो आवाज आएपछि मोटरसाइकल दुर्घटनामा परेको थाहा भएको थियो। हाल दुर्घटनाग्रस्त चालकको आफन्तको खोजी भइरहेको र चिनेका व्यक्तिले सम्बन्धित निकाय वा अस्पतालसम्म जानकारी पुर्याइदिन अनुरोध गरिएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस