Techie IT
गृहपृष्ठसमाचारसुमना श्रेष्ठले गरे रास्वपा परित्याग 

सुमना श्रेष्ठले गरे रास्वपा परित्याग 


२९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी त्याग गरेका छन्।

पार्टी छोडेको घोषणा गर्दै उनले भने “अब खुला रुपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु। मनलाग्दी गर्न मन लागे गरिरहनुहोस्, मैले पार्टी छाडिसकेको छु।”

श्रेष्ठले केन्द्रीय समितिलाई बुझाएको पत्रमा पार्टी नेतृत्व निरन्तर गल्ती गर्ने तर स्वीकार नगर्ने प्रवृत्ति देखिएको उल्लेख छ। उनले भनिन्, “गल्तीमाथि गल्ती गर्ने र त्यसको बोझ सबैले बोक्नुपर्ने अवस्था स्वीकार्य भएन। पार्टीभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल गरी दु:ख दिने गरिएको छ।”

उनको भनाइअनुसार, पार्टीले देशभन्दा माथि संगठन र संगठनभन्दा माथि नेता राख्न थालेपछि नै उनले आलोचना गर्दै आएकी थय।

यसअघि श्रेष्ठले रास्वपाको सह-महामन्त्री पद छाडेका  थिय। सांसद भएकै कारण पार्टी गतिविधिमा सक्रिय हुन नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिय । समानुपातिकतर्फबाट सांसद बनेकी उनले प्रचण्ड नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेकी थिय ।

हालै सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा उनी सहभागी हुने चर्चा चले पनि श्रेष्ठले आफू त्यस दौडमा नरहेको प्रष्ट पारे। जेन–जेड आन्दोलनसँग निरन्तर सम्पर्कमा रहेका उनले प्रधानमन्त्री कार्कीको शपथग्रहण कार्यक्रममा पनि उपस्थित जनाएका थिय ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस