Techie IT
गृहपृष्ठसमाचारबिदुर–३ देबिघाटमा तप्त युवा क्लबको नयाँ कार्यसमिति गठन

बिदुर–३ देबिघाटमा तप्त युवा क्लबको नयाँ कार्यसमिति गठन


बिदुर, नुवाकोट –
बिदुर नगरपालिका–३, देबिघाटस्थित तप्त युवा क्लबले विशेष साधारणसभा सम्पन्न गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।

साधारणसभाले सर्वसम्मत निर्णय गर्दै आगामी कार्यकालका लागि सागर रिमालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।

पदाधिकारीहरू यसप्रकार छन् :

अध्यक्ष : सागर रिमाल

वरिष्ठ उपाध्यक्ष : सुजन श्रेष्ठ

उपाध्यक्ष : राजेश रिमाल

सचिव : सान्ती रिमाल

कोषाध्यक्ष : सुमन मनाकर्मी

लगायत १३ सदस्य सर्वसम्मत  चयन गरिएको हो ।

कार्यक्रममा क्लबलाई खेलकुद, शिक्षा, स्वास्थ्य, सामाजिक अभियान र वातावरण संरक्षणमा अझ सक्रिय बनाउनुपर्नेमा उपस्थित हरुले जोड दिएका थिए। नयाँ नेतृत्वलाई खादा र माला लगाएर बधाई तथा शुभकामना दिइएको थियो

क्लबले आगामी दिनमा विभिन्न खेलकुद प्रतियोगिता, सामाजिक जागरण अभियान र युवा सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस