Techie IT
गृहपृष्ठसमाचारविदुरकी उमादेवी भट्टको शव गोरखामा फेला

विदुरकी उमादेवी भट्टको शव गोरखामा फेला


नुवाकोट,  –

नुवाकोटको विदुर नगरपालिका–८ खुर्सानी खोलाकी ५१ वर्षीया उमादेवी भट्ट सोमबार विदुर–५ देबिघाटस्थित त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएकी थिइन्।

प्रहरीका अनुसार खोजतलासका क्रममा उनको शव गोरखा जिल्लाको गण्डकी गाउँपालिका क्षेत्रमा पर्ने चन्द्रोदय माध्यमिक विद्यालयको पारिपट्टि त्रिशुली नदीमै फेला परेको हो।

शव आज आफन्तको जिम्मामा बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस