Techie IT
गृहपृष्ठसमाचाररसुवामा हराएका दुई युवा मृत फेला

रसुवामा हराएका दुई युवा मृत फेला


रसुवा, भदौ १७ – रसुवाको धुन्चेतर्फ मोटरसाइकलमा फर्कँदै गर्दा हराइरहेका दुई युवा मृत अवस्थामा फेला परेका छन्।

गोसाइँकुण्ड गाउँपालिका–६ का २३ वर्षीय सुदीप घले र कालिका गाउँपालिका–१ का २५ वर्षीय दावा दिन्डुप तमाङ सोमबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीकार्य भइरहेको बेला मंगलबार बिहान रसुवाको सोलेखोलामा दुबैको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस