Techie IT
गृहपृष्ठसमाचारदुप्चेश्वर–३ सरमथलीमा भीषण पहिरो, गाउँ बस्ती उच्च जोखिममा

दुप्चेश्वर–३ सरमथलीमा भीषण पहिरो, गाउँ बस्ती उच्च जोखिममा


दुप्चेश्वर नुवाकोट

गए राति गएको भीषण पहिरोका कारण दुप्चेश्वर गाउँपालिका–३ सरमथलीस्थित गाउँ बस्ती उच्च जोखिममा परेको छ।

स्थानीयवासीका अनुसार पहिरोले गाउँको बीच भागमै रहेको भगवान आधारभूत विद्यालय भवन प्रत्यक्ष असरमा परेको छ। विद्यालयसँगै गोकर्ण थापा र कुमार थापाको घर उच्च जोखिममा परेका छन् भने अन्य घरहरू समेत धमाधम जोखिम क्षेत्रभित्र पर्न सक्ने देखिएको छ।

पहिरोका कारण सरमथली–हुङ्ग सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै, राउतबेशी जाने बाटो समेत बन्द हुँदा स्थानीयवासीको दैनिक आवतजावतमा समस्या बढेको छ।

बस्तीमाथि थप पहिरो खस्ने डरले स्थानीयहरू त्रासमा रहेका छन्। जोखिम न्यूनीकरणका लागि तत्काल राहत तथा उद्धार कार्यको आवश्यकता रहेको भन्दै स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस