Techie IT
गृहपृष्ठसमाचारविद्यालय क्षेत्रमा बलजफ्ती संरचना निर्माण, शिक्षक र विद्यार्थीको कानथुनेर विरोध

विद्यालय क्षेत्रमा बलजफ्ती संरचना निर्माण, शिक्षक र विद्यार्थीको कानथुनेर विरोध


नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङ्फेदीस्थित घ्याङ्फेदी मावि नजिकै घ्याङ्फेदी जलविद्युत आयोजनाले पावरहाउस र स्वीचयार्ड निर्माणका लागि बलजफ्ती निर्माण सुरु गरेपछि शिक्षक र विद्यार्थीहरू शान्तिपूर्ण विरोधमा उत्रिएका छन्।

विद्यालय शान्ति क्षेत्रको मर्यादा विपरीत जोखिमपूर्ण संरचना निर्माण थालिएपछि पठनपाठनमा असर परिरहेको भन्दै उनीहरूले कान थुनेर मौन प्रदर्शन गरेका हुन्।

स्थानीय बासिन्दाहरूले पनि विद्यालय नजिकै यस्तो संरचना बन्नु विद्यार्थीको शिक्षामा नकारात्मक प्रभाव पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

शिक्षक, विद्यार्थी र अभिभावकले निर्माण कार्य तत्काल रोक्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस