Techie IT
गृहपृष्ठसमाचारनुवाकोट तादी गाउँपालिकामा जंगली बदेलको आक्रमण, तीनजना घाइते

नुवाकोट तादी गाउँपालिकामा जंगली बदेलको आक्रमण, तीनजना घाइते


नुवाकोटको तादी गाउँपालिकामा जंगली बदेलको आक्रमणबाट तीनजना स्थानीय घाइते भएका छन्।

घाइते हुनेहरूमा वडा नम्बर २ का मुरारी तामाङ, वडा नम्बर ३ भोर्लेकी ७० वर्षीया बुद्धलक्ष्मी रिमाल र वडा नम्बर ५ का बुद्धिमान तामाङ रहेको जानकारी प्राप्त भएको छ। स्थानीयका अनुसार उनीहरू घाँस काट्न गएका बेला अचानक जंगली बदेलले आक्रमण गरेको हो। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

हाल घाइतेहरूको उपचार खानीटार अस्पतालमा भइरहेको छ भने अवस्था गम्भीर भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस