Techie IT
गृहपृष्ठसमाचारविद्यालय क्षेत्रमा बलजफ्ती संरचना निर्माण,

विद्यालय क्षेत्रमा बलजफ्ती संरचना निर्माण,


घ्याङ्फेदी मावि (माध्यमिक विद्यालय) नजिकै घ्याङ्फेदी जलविद्युत आयोजनाले पावरहाउस, स्वीचयार्ड लगायतका संरचना बलजफ्ती निर्माण गर्न थालेपछि विद्यालयका विद्यार्थी र शिक्षकहरू विरोधमा उत्रिएका छन्।

विद्यालय शान्ति क्षेत्रभित्रको स्थानमा जोखिमयुक्त संरचना निर्माण भइरहेको भन्दै विद्यार्थी तथा शिक्षकहरूले कान थुनेर शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार जलविद्युत आयोजनाले कुनै पूर्वसूचना नदिई र स्थानिय सरोकारवालाको राय नलिई जबरजस्ती निर्माण कार्य अगाडि बढाएको हो। यसले विद्यालयको पठनपाठनमा गम्भीर असर परेको भन्दै शिक्षक, अभिभावक र विद्यार्थीहरू आक्रोशित छन्। शिक्षकहरूको भनाइमा, ‘विद्यालय शान्ति क्षेत्र हो भन्ने कुरालाई बेवास्ता गर्दै आयोजना पक्षले सिधै धम्कीपूर्ण शैलीमा संरचना निर्माण गरिरहेको छ।’ स्थानीय स्तरमा पटक–पटक कुरा उठाउँदा पनि सुनुवाइ नभएको भन्दै स्थानीय बासिन्दाहरूले प्रशासन र सरकारको ध्यानाकर्षण गराएका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस