ढिकुरेमा स्वच्छता अभियान: रास्वपाको नेतृत्वमा वातावरणीय सुधार

तादी खोला परिसरमा थुप्रिंदै गएका फोहोरमैलाको व्यवस्थापन सुरु गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु–१ को आयोजनामा खोलाको पुल आसपासको फोहोर वर्गीकरण सहित संकलनको व्यवस्थापन गरिएको हो।
बजार क्षेत्रबाट निस्कने फोहोर सिधै खोलामा फाल्ने प्रवृत्तिका कारण पुल तथा खोला किनारमा फोहोरको थुप्रो लाग्दै गएको थियो। यसले वातावरणीय संकट निम्त्याउनुका साथै विभिन्न अभियन्ताहरूले पनि आपत्ति जनाउँदै आएका थिए। सोही समस्यालाई सम्बोधन गर्न रास्वपा नुवाकोटका सचिव शिवराज लामिछानेको संयोजनमा सरसफाइ अभियान सञ्चालन गरिएको हो।
“तादी खोलाको पुल आसपास फालिएको फोहोर व्यवस्थापन गर्न स्थानीयको सहयोगमा वर्गीकरण स्थल तयार पारिँदै।” फोटो
तादी खोलाको पुल आसपास फालिएको फोहोर व्यवस्थापन गर्न स्थानीयको सहयोगमा वर्गीकरण स्थल तयार पारेपछिको।” फोटो
यस्तै, करिब दुई वर्षअघि आएको बाढीले क्षति पुर्याएर बन्द अवस्थामा पुगेको सार्वजनिक शौचालय पनि सरसफाइ गरी पुनः सञ्चालनमा ल्याइएको छ।
शौचालय पहिले
शौचालय अहिले
सचिव लामिछानेका अनुसार फोहोर व्यवस्थापन तथा शौचालय सुधारका लागि आवश्यक खर्च स्थानीयवासीबाटै आर्थिक संकलन गरेर जुटाइएको हो। “संकलित रकमको विवरण चाँडै सार्वजनिक गरिनेछ,” उहाँले जानकारी दिनुभयो।
यस अभियानमार्फत खोलाको वातावरण संरक्षण र सामुदायिक सरसफाइको सन्देश प्रवाह हुनुका साथै स्थानीयहरूमा स्वच्छताप्रति चेतना फैलिएको आयोजकको भनाइ छ।
क्याटेगोरी :
समाचार
प्रतिक्रिया दिनुहोस