गंगटे ढिकुरे टोखा सडकमा स्थानीय तरकारीले ल्यायो व्यापारिक चहलपहल

नुवाकोट, ढिकुरे —
गंगटे–ढिकुरे हुँदै काठमाडौंतर्फ जाने सडकको सहज पहुँचसँगै स्थानीय उत्पादनमा आधारित व्यापारमा उल्लेखनीय वृद्धि भएको छ । सडक पूर्वाधारमा आएको सुधारले गर्दा बारीमै कुहिने गरेको तरकारी तथा फलफुल अब सिधै राजधानीका बिभिन्न बजारसम्म पु¥याउन सम्भव भएको छ ।
विशेषगरी नुवाकोटको लिखु, शिवपुरी गाउपालिकाका गाउँहरूमा उत्पादित निउरो, फर्सीका मुण्टा, आलु, सागपात, गोलभेंडा, नास्पाती जस्ता कृषि सामग्रीहरू ढिकुरे सडक हुँदै सिधै काठमाडौंसहितका शहरी क्षेत्रहरूमा निर्यात भइरहेका छन्। पहिले आफ्नै परिवारको गुजारा गर्न मुस्किल भएका किसानहरू अहिले दैनिक ३५ सय रुपैयाँसम्म आम्दानी गर्न थालेका छन्।
बाईट
पहिले त बजारसम्म पु¥याउनै मुस्किल हुने तरकारी तथा फलफुलहरु अहिले सडक पेटीबाटनै बेच्न सकिने भएको छ , सडक राम्रो र ब्यवस्थित भए संगै व्यापारमै जीवन चल्न थालेको किसानको भनाई छ ।
बाईट किसान
काठमाडौं संगै अन्य ठाउबाट मठमन्दिरमा दर्शन गर्न आउने तथा घुम्न आउने पर्यटक समेत अर्गानिक तरकारी सुपथ मुल्यमा पाय पछि दंग परेका छन् ।
ताजा अर्गानिक तरकारी स्वादिलो मात्र हैन, मूल्य पनि सस्तो रहेको पर्यटकहरुको भनाई छ ।
बाईट पर्यटक
सडकको चहलपहलसँगै त्यस क्षेत्र वरपरको सडक९केन्द्रित व्यापार पनि फस्टाउन थालेको छ। बजारका लागि उत्पादित सामग्री मात्र होइन, सडक छेउमै खुल्ने स्टल, होटल तथा पसलहरूले स्थानीयलाई रोजगारी र आम्दानी दुवै दिने गरेका छन्।
सडकको विकासले नजिकका बस्तीहरूमा आर्थिक गतिविधि बढेको छ। कृषि उत्पादनको बजार पहुँचले गाउँको आर्थिक रूपान्तरण सम्भव भएको देखिन्छ।
यो परिवर्तन दिगो बनाउन सडकको नियमित मर्मत, ढुवानीको स्थायीत्व, र बजार व्यवस्थापनमा अझै नीतिगत ध्यान दिनुपर्ने आवश्यकता रहेको सडक डिभिजन नुवाकोटका प्रमुख सुवोध कुमार देवकोटा बताउनु हुन्छ ।
सडक हामि बाईट
कृषिमा आधारित ग्रामीण जीवनशैलीमा आएको यो सुधारले आत्मनिर्भरता, स्थानीय रोजगारी, र गाउँमै समृद्धि सम्भव हुने आशा दिलाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस