Techie IT
गृहपृष्ठसमाचारलागुऔषधसहित ६ जना युवक पक्राउ

लागुऔषधसहित ६ जना युवक पक्राउ


नुवाकोट, विदुर —
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ सिमुटारबाट लागुऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा विदुर नगरपालिका–२ का राजिब ढुंगाना र अनिस राना मगर, वडा नम्बर ९ का प्रोमेश श्रेष्ठ र प्रदिप बिसुन्के, वडा नम्बर १० का विशाल मग्राती तथा किस्पाङ गाउँपालिका–२ का पूर्ण तामाङ रहेका छन्।

डिएसपी विक्रम लामाका अनुसार शुक्रबार सिमुटारस्थित पासाङल्हामु सडकखण्ड हुँदै बा ८६ प ८८९२ नम्बरको स्कुटरमा लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूलाई लागुऔषधसहित फेला पारेको हो।

प्रारम्भिक अनुसन्धानमा उनीहरू प्रतिबन्धित लागुऔषध खरिद, बिक्री र ओसारपसारमा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोटबाट सात दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी लामाले जानकारी दिनुभयो।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस