बेलकोटगढी-७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

नुवाकोट, बेलकोटगढी – बेलकोटगढी नगरपालिका वडा नं. ७ मा आर्थिक वर्ष २०८१/८२ मा वडा भित्र सञ्चालित योजनाहरू तथा विकास कार्यक्रमहरूको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ।
वडाले स्थानीय सेवा प्रवाह, विकास निर्माण, सामाजिक सुरक्षा, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरिँदै जनप्रतिनिधिहरूले प्रत्यक्ष रूपमा स्थानीयबासीको गुनासो, सुझाव र मूल्यांकन सुनेका थिए।
कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरू, नगरस्तरीय कर्मचारी, विभिन्न टोल विकास संस्था, महिला समूह, कृषक समूह, युवाहरू, र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी स्थानीयबासीले विकास आयोजनामा पारदर्शिता, सहभागिता र दीर्घकालीन सोचको माग राख्दै कतिपय काम समयमै सम्पन्न नभएकोप्रति पनि ध्यानाकर्षण गराएका थिए।
कार्यक्रम अन्त्यमा समापन मन्तव्य दिंदै वडाले आगामी वर्षको योजना निर्माणमा समेत जनसहभागिता सुनिश्चित गरिने प्रतिबद्धता जनाएको थियो।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस