Techie IT
गृहपृष्ठसमाचारनिशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन

निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन


लिखु, नुवाकोट — लिखु गाउँपालिका–२ स्थित बगर बजार सामुदायिक स्वास्थ्य इकाईको आयोजनामा निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त शिविरमा काठमाडौँस्थित अराउण्ड गुड पिपुल प्रा.लि. ले प्राविधिक सहयोग प्रदान गरेको हो।

शिविर असार १७ र १८ गते बगर बजार सामुदायिक स्वास्थ्य इकाई, खानीगाउँमा सञ्चालन हुनेछ। त्यसपछि असार १९ देखि २३ गतेसम्म शिविर वडा नं. १ मा रहेको रतनदेउ प्रावि (प्राथमिक विद्यालय) मा सरेर संचालन हुनेछ।

वडा नं. २ का वडा अध्यक्ष प्रेमबहादुर थापा मगरका अनुसार, स्थानीय बासिन्दालाई गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको हो। शिविरमा दन्त जाँच, उपचार तथा आवश्यक परामर्श निशुल्क रूपमा प्रदान गरिनेछ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस