Techie IT
गृहपृष्ठसमाचारचालु आवको ११ महिनामा २ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात

चालु आवको ११ महिनामा २ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ महिनासम्मको ११ महिनामा नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ।

भन्सार विभागका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशतले वृद्धि भएको हो। गत आवको सो अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो।

सबैभन्दा धेरै निर्यात सोयाबिन तेलको भएको छ। हालसम्म ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको ४४ करोड २६ लाख ५१ हजार केजी सोयाबिन तेल निर्यात गरिएको छ।

त्यस्तै, ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको सनफ्लावर तेल, ९ अर्ब ७८ करोड १० लाख रुपैयाँ बराबरको कार्पेट, ७ अर्ब १९ करोड बराबरको अलैँची, र ४ अर्ब २९ करोड रुपैयाँको पातलो कार्पेट निर्यात भएको छ।

यस अवधिमा नेपालले ५ अर्ब १३ करोड रुपैयाँको रोल्ड आइरन तथा स्टील, ५ अर्ब १० करोड ३२ लाख रुपैयाँको उन, ५ अर्ब ७० करोडको धागो र ४ अर्ब ९४ करोड ३३ लाख बराबरको मिक्स जुस पनि निर्यात गरेको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस