Techie IT
गृहपृष्ठसमाचारस्थानीय सम्पदाप्रति चासो: नुवाकोटका ऐतिहासिक संरचनामा नयाँ जीवन फुक्ने तयारी

स्थानीय सम्पदाप्रति चासो: नुवाकोटका ऐतिहासिक संरचनामा नयाँ जीवन फुक्ने तयारी


लामो समयदेखि बेवास्तामा परेका नुवाकोटका ऐतिहासिक संरचनाहरूमा पुनः जीवन फुक्ने आशा पलाएको छ। विदुर नगरपालिका–२ मा सम्पन्न हालैको स्थलगत सर्वेक्षणले यस क्षेत्रको गौरवशाली इतिहास र सांस्कृतिक सम्पदाप्रति समाजको चासो फेरि जागृत गराएको छ

नगरप्रमुख राजन श्रेष्ठको नेतृत्वमा गरिएको सर्वेक्षण टोलीमा नेपाली सेनाको बहादुर श्री शेर गण र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका विशेषज्ञहरूको सहभागिता थियो। टोलीले कालिका, मालिका, ऐतिहासिक बारुदखाना, र एकीकरण पदमार्गजस्ता थुप्रै संरचनाहरू अवलोकन गर्दै तथ्य संकलन गर्यो। “हामी नुवाकोटको सम्पदालाई केवल ढुङ्गा–माटोका संरचना होइन, हाम्रो इतिहास, आत्मा र पहिचानको अंश मान्छौं,” नगरप्रमुख श्रेष्ठले बताए। नेपाली सेनाले आउने आर्थिक वर्षदेखि ऐतिहासिक बारुदखानाको पुनर्निर्माण सुरु गर्ने तयारी गरेको छ। अन्य संरचनाहरूको संरक्षण कार्य पनि चरणबद्ध रूपमा अघि बढाइनेछ। स्थानीयवासीहरूमा पनि यस प्रयासप्रति आशा र उत्साह देखिएको छ।

यस अभियानले नुवाकोटको इतिहासलाई नयाँ पुस्तासम्म जोगाइराख्ने मात्र होइन, पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारीमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस