रसुवागढी हुँदै दस वर्षमा १४,५०० भन्दा बढी इभी आयात, सीमामा हजारौं थन्किए

रसुवा,
रसुवागढी नाका हुँदै चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधन इ भी को संख्या पछिल्लो दस वर्षमा १४ हजार ५०० नाघेको छ। तर, भन्सार प्रक्रिया ढिलाइ हुँदा ठूलो संख्यामा सवारीसाधन सीमाक्षेत्रमै थन्किएका छन्।
टिमुरे, घट्टेखोला र रसुवागढी आसपासका क्षेत्रमा थुप्रै विद्युतीय सवारीसाधन लामो समयदेखि रोकिएका छन्। आयातकर्ताले भन्सार प्रक्रिया समयमा पूरा नगर्दा यस्तो अवस्था आएको हो।
रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार, हालसम्म २,५७० सवारीसाधन भन्सार जाँचपास भई काठमाडौँतर्फ प्रस्थान गरिसकेका छन्।
चीनबाट नेपालमा सवारीसाधन बाहेक जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरण तथा कृषि उत्पादन पनि आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस