नुवाकोटमा बढ्दो गर्मीले जनजीवन प्रभावित

नुवाकोट, जेष्ठ २८ – केही दिनदेखि निरन्तर बढ्दो गर्मीका कारण नुवाकोट जिल्लामा जनजीवन प्रभावित बन्दै गएको छ।
अत्यधिक गर्मीका कारण विशेष गरी दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, बालबालिका तथा ज्येष्ठ नागरिकहरू बढी प्रभावित भएका छन्। गर्मीका कारण घरबाहिर निस्किन समेत कठिन भएको जनगुनासो छ। बिहान र बेलुकाबाहेकको समयमा सर्वसाधारण घरभित्रै सीमित हुन थालेका छन्।
वर्षा नहुँदा र गर्मी निरन्तर बढिरहँदा किसानहरू समेत चिन्तित बनेका छन्। खेतबारीमा लगाएको मकै सुक्दै गएपछि किसानहरू प्रभावित भएकाहुन।
गर्मीका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस