Techie IT
गृहपृष्ठसमाचारझापामा तीन स्थानबाट तीन शव फेला

झापामा तीन स्थानबाट तीन शव फेला


झापा, असार २८ – झापाको तीन फरक स्थानमा तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव फेला परेका हुन्।

अर्जुनधारा–४ मा फेला परेको शवको पहिचान खुलेको छैन भने बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीका ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस