खनियाबास विद्रोह’ पुस्तक सार्वजनिक, सभापति देउवाबाट लोकार्पण

काठमाडौं, जेठ २१ —
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित अनुसन्धानात्मक पुस्तक ‘खनियाबास विद्रोह’ सार्वजनिक गरेका छन्।
बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित विशेष कार्यक्रममा सभापति देउवाले पुस्तकको लोकारण गरे।
नेपाली लेखक सङ्घ, नुवाकोटले प्रकाशन गरेको यो पुस्तक तत्कालीन पश्चिम १ नम्बर क्षेत्र (हालको नुवाकोट जिल्ला) अन्तर्गत खनियाबासमा घटेको ऐतिहासिक सत्य घटनामा आधारित छ। लेखक श्रेष्ठले सो विद्रोहको अध्ययन, दस्तावेज र विवरण संकलन गरी पुस्तक तयार पारेका हुन्।
यो पुस्तक श्रेष्ठको २८ औँ प्रकाशित कृति हो। विगतमा उनले नियात्रा, जीवनी, कविता, समीक्षा, र अनुसन्धानका साथै जापानी र कोरियन साहित्यका विविध विधामा पनि पुस्तकहरू प्रकाशित गरिसकेका छन्।
वि.सं. २०३१ सालमा नुवाकोटको विदुरमा जन्मिएका श्रेष्ठ हाल नेपाली कांग्रेस नुवाकोटका सचिव तथा नुवाकोट साहित्यिक प्रतिष्ठानका संस्थापक अध्यक्षको रूपमा सक्रिय छन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस