Techie IT
गृहपृष्ठसमाचारबागेश्वरी मा.वि को हिरक जयन्ति सम्पन्न

बागेश्वरी मा.वि को हिरक जयन्ति सम्पन्न


नुवाकोटको सुर्यगढि गाउपालिका वडा नंम्बर ३ मा रहेको बागेश्वरी मा वि ले हिरक जयन्ती मनाएको छ ।
२ हजार ८ शालमा स्थापना भएको बिद्यालयले आफ्नो स्थापनाको ७५ औं बर्षको अवशरमा हिरक जयन्ती मनाएको हो ।


हिरक जयन्तीलाई पूर्व प्रधानमन्त्रि तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमलाई उद्घाटन गर्दै पुर्व प्रधानमन्त्रि दाहालले शिक्षा समग्र राष्ट्र्को विकाशको पहिलो पूर्वाधार भएकोले बिद्यालयले आधुनिक प्रविधिक सीप र ज्ञान प्राप्त गरेका जनसक्ति उत्पादनको लागी बिद्यालयले शसक्त भुमिका खेल्न पर्ने बताउनु भयो । उहाले शैक्षिक क्षेत्रमा संविधान प्रदत्त अधिकारको कार्यन्वयन रक्षा र बिकाशमा बागेश्वरी माविको अग्रीम भुमिका रहेको र यसलाई निरन्तरता दिनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा सुर्यगढी गाउपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङ्गले बिद्यालयले परिवार अभिभावक बिद्यार्थी तथा सम्पूर्ण सरोकारवाला हरु लाई एकता र सहकार्यको भावनाको साथ अघि बढाएकोले बिद्यालय प्रती पालिका परिवार सन्तुष्ट रहेको बताउनु भयो । अध्यक्ष घलेले बिद्यालयले औद्योगिक, ब्यवसायिक र रोजगारी मुखी शिक्षा प्रवद्दन गरी बेरोजगारी अन्य गर्ने र आत्मनिर्भर बिद्यार्थी उतपादनमा जोड दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष दामोदर अधिकारीले समयाअनुकुल र समुदायको आवश्यकता अनुसार बिद्यालयको बिकाश तथा बिस्तार हुदै गएकोले बिद्यालयको हर पक्षलाई उचो राख्न जनसमुदाय , जनप्रतिनिधी र शिक्षक तथा बिद्यार्थीहरुको साथ र सहयोग सधै रहनु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक जनार्दन अधिकारीले २०६३ देखीको आय ब्यय प्रस्तुत गर्दै बिद्यालयको अवस्थालाई जिल्ला र देशकै उत्कृष्ट कायम राख्न सरोकारवालाहरुले सधै चासोका साथ हेर्न अनुरोध ,गरेका छन् ।
कक्षा १२ सम्म अध्यन भैरहेको बिद्यालयमा ३ शय ५० भन्दा बढि बिद्यार्थीहरु रहेका छन् भने बिद्यालयमा कक्षा ९ देखी कक्षा १२ सम्म प्राबिधिक धार बालि बिज्ञान बिषयको समेत पठनपाठन गर्ने गरिएको छ । साथै बिद्यालयले सुस्त श्रवण स्रोत कक्षा समेत संचालन गरिरहेको छ ।




क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस