Techie IT
गृहपृष्ठसमाचारविदुरमा ‘शिवालय सिनेप्लेक्स’ सिनेमा हल सञ्चालनमा

विदुरमा ‘शिवालय सिनेप्लेक्स’ सिनेमा हल सञ्चालनमा


विदुर नगरपालिका–बट्टारको पुरानो बजारमा ‘शिवालय सिनेप्लेक्स’ नामक नयाँ सिनेमा हल आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ।

आईतबार बिहान चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हलको उद्घाटन गरेका थिए। हल युवा व्यवसायी सन्तोष अधिकारी र पासाङ लामाको लगानीमा सञ्चालन गरिएको हो।

सञ्चालकद्वयका अनुसार सिनेमा हल निर्माणमा एक करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। सन्तोषका अनुसार हलमा २४० सिट क्षमताको अडिटोरियम रहेको छ।

हाल टिकटको बिक्री स्थलमै भइरहेको छ भने अर्को सातादेखि अनलाइन बुकिङ सुविधा उपलब्ध हुने जनाइएको छ।

उद्घाटनको अवसरमा नेपाली चलचित्र ‘नरासिंहा’ प्रदर्शन गर्दै हलको नियमित सञ्चालन सुरू गरिएको हो। हलमा दैनिक तीन शो— अपराह्न १२:१५, दिउँसो ३:१५ र साँझ ७:१५ बजे प्रदर्शन हुने जनाइएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस