विद्यालयका पूर्व विद्यार्थी हाल काठमाडौं महानगरपालिका स्वयम्भू निवासी रामभक्त सुनारले आफ्ना पिता चिजकुमार सुनार र माता टीकामाया सुनारको स्मृतिमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले दुई लाख एकाउन्न हजार रूपैयाँ राशिको अक्षय कोष स्थापना गर्न विद्यालयलाई नगद हस्तान्तरण गर्नुभएको क्षेत्रपाल माध्यमिक विद्यालयमा प्रधानाध्यापक हरिप्रसाद सुवेदीले जानकारी दिनभयो ।
विद्यालयमा पुगेर सुनार परिवारले आज रकम हस्तान्तरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र राई शिक्षक,कर्मचारीहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो । सो अवसरमा विद्यालयले सुनार परिवारलाई खादाकासाथ सम्मान समेत गरेको थियो
विद्यालयले सुनार परिवारले गरेको सहयोगपति धन्यवाद ज्ञापन गर्दै यस्ता पवित्र कार्यले सामुदायिक विद्यालयको स्तरमा सुधार हुनुकासाथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको छ । नुवाकोट जिल्लाको नमुना विद्यालयका रुपमा रहेको क्षेत्रपाल माध्यमिक विद्यालय अध्ययनका हिसाबले पनि जिल्लाको उत्कृष्ट विद्यालय मध्येमा पर्दै आएको छ । विद्यालयमा हाल पाँचसय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस