बेलकोटगढी नगरपालिका वडा नं ५ मा कात्तिक १५ गते देखी २५ गते सम्म महोत्सव हुने
बेलकोटगढी नगरपालिका वडा नं ५ मा कात्तिक १५ गते देखी २५ गते सम्म प्रथम बेलकोटगढी नगर ब्यापार, पर्यटन कृषि एवं सांस्कृतिक महोत्सव हुने भएको छ ।

बिहिबार पत्रकार सम्मेलन गर्दै बेलकोटगढी नगरपालिका वडा नं ५ को आयोजनामा हुन लागेको महोत्सव सोही वडाको केउरीनी बगरमा हुने जानकारी गराईएको थियो । महोत्सव लाई चागुनारायण्न पार्टी प्यालेस एण्ड टेन्ट हाउस प्रा.ली ले ब्यवस्थापन गर्ने छ ।
महोत्सवमा वडा नं ५ सहित सम्रग नुवाकोटको पर्यटकीय बिकास, आन्तरिक ब्यापार , लोककला संस्कृतिको संरक्षण संरक्षण तथा प्रवद्धन गर्नको लागी महोत्सवको आयोजन ागर्न लागेको बेलकोटगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मदन भुजेलले बताउनु भयो ।

६१ लख २५ हजार खर्च अनुमानित गरेको महोत्सवमा ३५ हजार पर्यटक आउने लक्ष्य राखिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot 100























प्रतिक्रिया दिनुहोस