Techie IT
गृहपृष्ठदेशरुम टु रिड र रुडेक नेपालको सहकार्यमा लैङ्गिक समानतासम्बन्धी तालिम सञ्चालन

रुम टु रिड र रुडेक नेपालको सहकार्यमा लैङ्गिक समानतासम्बन्धी तालिम सञ्चालन


नुवाकोट ।
रुम टु रिड र रुडेक नेपालको सहकार्यमा लैङ्गिक समानतासम्बन्धी तालिम सञ्चालन गरेको छ । बिदुर नगरकार्यपालिकाको समन्वय तथा सहयोगमा बिदुर नगरभित्रका सामुदायिक माध्यमिक विद्यालयलाई लैङ्गिक समानतासम्बन्धी तालिम सञ्चालन गरेको हो ।

बिदुर नगरभित्रका २१ सामुदायिक माद्यमिक विद्यालयलाइ २ चरणमा संचालन गरिएको हो । दोस्रो चरणको तालिम यहि श्रावण ६ गते समापन हुदै छ ।
बिदुर नगरका सामुदायिक माध्यमिक बिद्यालयमा बालक सहितको बालिका शिक्षा संचालन गर्न प्रत्येक विद्यालयबाट २/२ जना शिक्षाकको सहभागिता रहेको तालिमका सहभागी शिक्षक रमिला नेपालले बताउनु भयो ।

यस्तै , रुम टु रिडले यस अघि संचालन गरेको बालिका शिक्षा कार्यक्रम संचालन भएको विद्यालयका सम्पर्क शिक्षकका रुपमा रहनु भएका शिक्षक नेपालले बालक सहितको बालिका शिक्षा संग संगै पुर्व संचालित बालिका शिक्षा कार्यक्रम पनि निरन्तर अगाडि बढ्ने जानकारी दिनुभयो ।


क्याटेगोरी : देश, प्रबिधि, समाज


प्रतिक्रिया दिनुहोस