घूस लिएको अभियोगमा प्रहरी किताबखानाका कर्मचारी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दस हजार घूस लिएको अभियोगमा आज पक्राउ गरेको छ।
आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घूस रकम लिएको अभियोग केसीमाथि लागेको छ।
कम्प्युटर अपरेटर केसीलाई आयोगको टोलीले आज कार्यकक्षबाट नियन्त्रणमा लिएको हो। आरोपी केसीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
क्याटेगोरी : देश, समाचार, समाज























प्रतिक्रिया दिनुहोस