Techie IT
गृहपृष्ठमनोरञ्जनबयान’ म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्यो

बयान’ म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्यो


नुवाकोट — चर्चित गायक प्रताप दास र लोकप्रिय गायिका समिक्षा अधिकारीको स्वरमा सजिएको म्युजिक भिडियो ‘बयान’ अहिले दर्शक–श्रोता बीच अत्यन्त लोकप्रिय बन्दै गएको छ।
भिडियो सार्वजनिक भएको केही समयमै दर्शकहरूको अपार माया पाउँदै यो गीतले १ मिलियन भ्यूज पार गर्न सफल भएको छ। सोही अवसरमा भिडियो टिमले केक काटेर खुसी साटेको छ।

 वट्टार, त्रिशूली, कोलोनीलगायत नुवाकोटका आकर्षक तथा पर्यटकीय स्थलमा छायांकन गरिएको यो भिडियो वट्टार बजारस्थित शिवालय सिनेप्लेक्समा पहिलो पटक प्रदर्शन गरिएको थियो।

कार्यक्रममा सहभागी कलाकार र निर्माताहरूले “जीवनमा संघर्ष, लगाव, मेहनत र त्यागलाई आत्मसात गर्न सके सफलता अवश्य आउँछ” भन्ने सन्देश भिडियोले प्रभावकारी रूपमा दिन सफल भएको बताए।

भिडियोमा विदुर नपा–१२ का सन्तोष सरगम अधिकारी र प्रियना आचार्य मुन्नीले मुख्य भूमिका निर्वाह गरेका छन्। अधिकारीकै शब्द–रचना र निर्माणमा तयार भएको यस गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने रोशन दासले निर्देशन गरेका हुन्। छायांकन नितेश घतान, सम्पादन बिनोद बम र पोस्ट–प्रोडक्सन रेज इन्टरटेन्मेन्टमार्फत गरिएको हो।

रचनाकार तथा निर्माता सन्तोष सरगम अधिकारीले भने, “यो मेरो पहिलो म्युजिक भिडियो हो, दर्शकको मन जित्ने अपेक्षा लिएको थिएँ, अहिलेको प्रतिक्रिया देख्दा निकै हौसला मिलेको छ।”

भिडियोमा सन्तोष र प्रियनाको आकर्षक केमेस्ट्रीसँगै नारायण बिक, रुपा पुडासैनीलगायत कलाकारको सहभागिता रहेको छ। निर्माण संयोजकमा पुर्णमान श्रेष्ठ छन्।

‘बयान’ म्युजिक भिडियो सरोज पोखरेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। नुवाकोटका रमणीय दृश्य, प्रेम–संघर्ष र भावनात्मक कथावस्तुले भरिएको यो भिडियोले नुवाकोटको सौन्दर्य र सम्भावनालाई पनि उजागर गरेको छ।


क्याटेगोरी : मनोरञ्जन, समाचार


प्रतिक्रिया दिनुहोस