Techie IT
गृहपृष्ठभिडियोनुवाकोट दरवारको पूननिर्माण सुरु

नुवाकोट दरवारको पूननिर्माण सुरु


कोरोना भाईरस संक्रमण तथा महामारीका कारण लामो समयदेखि अलपत्र परेको नुवाकोटको ऐतिहासिक तथा धार्मिक एवं पुरातात्विक सम्पदा साततले दरबार संग्राहलय पुननिर्माण कार्य शुरु भएको छ ।
२०७२ सालको महाभुकम्पका कारण क्षतिग्रस्त साततले दरबार संग्राहलय लगायत परिसरमा रहेका पुरातात्विक सम्पदा चीन सरकारको सहयोगमा पुननिर्माण गर्ने दुई मुलुकबीच भएको सम्झौता बमोजिम् निर्माण कार्य अघि बढाईएकोमा कोरोना भाईरस संक्रमण तथा कोभिड ( १९ महामारीका कारण झण्डै तीनवर्ष देखि अवरुद्ध रहेको पुननिर्माण कार्य चिनियाँ प्राविधिक टोलीको आगमन तथा काममा फर्किएसंगै शुरु भएको हो ।
नेपाल र चीन सरकारबीच भएको द्धिपक्षिय सम्झौता अनुसार भुकम्पले क्षति पुर्याएको साततले दरबार संग्राहलय, तलेजु भवानी, गारद घर तथा रंगमहल लगायत ८ वटा क्षतिग्रस्त पुरातात्विक सम्पदा पुननिर्माण कार्य अन्तर्गत कमजोर र चर्किएका भागलाई हटाई सबल भागलाई यथावत राखी आवश्यकता अनुसार पुनःनिर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको हो ।

सम्झौता बमोजिम् पुननिर्माण कार्यका लागि आएका चिनियाँ प्राविधिक टोलीद्धारा अहिले बिभिन्न प्रविधिको सहयोगमा चर्किएका गारो तथा भित्ताहरुको परिक्षणको काम भइरहेको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका अनुसार ७ तले दरबारको जगको परिक्षण सकिएको छ ।
हाल ५ जना चिनिया प्राविधिकबाट काम भइरहेको छ । ल्होछार पछि कामले तिव्रता पाइने बताइएको छ ।




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस