कोरोना भाइरस को संक्रमण फैलिन नदिन सडक सफाइको अभियान सुरु
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन काठमाडौमहानगरले सडक सफाइको अभियान सुरु गरेको छ ।
सरकारले चैत ११ देखि एक साता ‘लकडाउन’ हुनेगरी दिएको निर्देशनको पूर्ण पालना गर्दै काठमाडौँ महानगरपालिकाले सफाइको काम तीव्र बनाएको हो । महानगरका ३२ वटै वडामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्दै आएको महानगरले बुधबारबाट आफ्नो क्षेत्रभित्रका सडक पानीट्यांकी र बबुमरबाट सडक सफाइ गर्ने महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए
उनले ‘लकडाउन’ को समयमा महानगर क्षेत्रभित्र फोहोर थुप्रिने र सडक फोहोर हुने अवस्था आयो भने संक्रमण अझ छिटो फैलिन सक्ने भएकाले त्यसको न्यूनीकरणका लागि सफाइको काम तीव्र पारिएको बताए ।
सकेसम्म दैनिक उत्पादन हुने र व्यवस्थापन गर्न सकिने फोहोरलाई घरमै व्यवस्थापन गर्ने आग्रह गर्दै उनले बाँकी फाहोरलाई भने ‘लकडाउन’ का समयमा पनि सकेसम्म व्यवस्थापन गर्ने जानकारी दिएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया दिनुहोस