दलित महिलाका हातमा पञ्चेबाजा, आत्मनिर्भरताको सुरुवात
नुवाकोट — बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय, धादिङको सहयोगमा दलित महिलाहरू लक्षित निःशुल्क एक महिने आधुनिक पञ्चेबाजा तालिम आजदेखि सुरु गरिएको छ।
सुप्रिम कलेज अफ होटल म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ प्रा. लि. द्वारा प्रदान गरिने उक्त तालिममा लिखु गाउँपालिका वडा नम्बर–२ का दलित महिलाहरूको सहभागिता रहेको छ।
तालिमको उद्घाटन गर्दै लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले परम्परागत सांस्कृतिक कला संरक्षणसँगै दलित महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले संचालित कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो।
अध्यक्ष श्रेष्ठले “पञ्चेबाजा मौलिक पहिचान बताउदौ यसलाई संरक्षण गर्दै दलित महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै, लिखु गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष प्रेमबहादुर थापा मगरले दलित महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा तालिमले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाले, “वडाभित्रका दलित महिलाहरूलाई सीप सिकाएर स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तर प्राथमिकता दिइने बताउनु भयो ।
परम्परागत सांगीतिक कला संरक्षण गर्दै दलित महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा आधुनिक शैलीमा पञ्चेबाजा बजाउने व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिने आयोजकले जनाएको छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया दिनुहोस