Techie IT
गृहपृष्ठसमाचारनुवाकोट–२ मा एमालेबाट केशबराज पाण्डे उम्मेदवार सिफारिस

नुवाकोट–२ मा एमालेबाट केशबराज पाण्डे उम्मेदवार सिफारिस


नुवाकोट–२ प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नेकपा एमालेले केशबराज पाण्डेलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर २ निर्वाचन समन्वय कमिटीको बैठकले सर्वसम्मत रूपमा पाण्डेको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका पाण्डे पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन्।
नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीका अनुसार नुवाकोट–२ मा पाण्डेलाई उम्मेदवार बनाउने विषयमा पार्टीभित्र व्यापक समर्थन प्राप्त भएपछि सर्वसम्मत निर्णय गरिएको हो।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस