Techie IT
गृहपृष्ठसमाचार१३ वर्षपछि फरार प्रतिवादी पक्राउ

१३ वर्षपछि फरार प्रतिवादी पक्राउ


जबरजस्ती करणीपछि आत्महत्या मुद्दाका दोषी नरेशकुमार जोशी नुवाकोटमा पक्राउ, कारागार चलान
नुवाकोट । अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक जना युवकलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ। जबरजस्ती करणीपछि झुण्डिएर मृत्यु (आत्महत्या) भएको घटनासँग सम्बन्धित मुद्दाका फरार प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बिदुर नगरपालिका–१ निवासी ४९ वर्षीय नरेशकुमार जोशी रहेका छन्। प्रहरीका अनुसार उक्त घटना २०६९ साल माघ १० गते भएको थियो।
सो घटनासँग सम्बन्धित मुद्दामा पुनरावेदन अदालत पाटनले २०७३ साल भदौ ६ गते जोशीलाई पाँच वर्ष कैद र दुई लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो। उक्त फैसलालाई सर्वोच्च अदालतले २०८१ साल मंसिर १३ गते सदर गरेको थियो।
फैसलापछि फरार रहेका जोशी विभिन्न स्थानमा लुकिछिपी बसोबास गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले खोजतलास गर्ने क्रममा उनलाई बिहीबार आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका जोशीलाई शुक्रबार नुवाकोट जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय  नुवाकोटले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस