निर्माणधिन तल्लो सान्जेनको काम अन्तिम चरणमा
आमाछोदिङमो गाउँपालिकाको चिलिमेमा निर्माणाधिन तल्लो सान्जेन जलविद्युत कम्पनीको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
४२ दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत ग्रह निर्माणको काम पुरा भइसकेको र सुरुङबाट ल्याइएको पानी तीब्र रुपमा विद्युत गृहमा पठाउनका लागी आवश्यक पर्ने एक हजार मिटर लम्बाईको पेनस्टक पाईप राख्ने सुरुङ निर्माणको काम पनि धमाधम अगाडी बढ्नुका साथै निर्माण गर्नुपर्ने तिन हजार ६५० हेगरेस सुरुङ मध्येको सबै काम पुरा भई अवको निर्माणको काम भनेको ४० मिटर रहेको सान्जेन जलविद्युत कम्पनीका कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले बताए ।
सान्जेन खोलाको तिलुचे बगरमा पानीको बाँध, एक हजार ३ सय मिटरको हेडरेस सुरुङ र विद्युत गृह समेतका संरचना निर्माणको काम पुरा भए पनि कोरोना भाइरसका कारण उपकरण जडान गर्ने जिम्मा लिएको एक चिनियाँ ठेकेदार कम्पनी प्राविधिक नआएका कारण उपकरण जडानमा समस्या आएको छ भने उता माथिल्लो सान्जेनमा निर्माण भइरहेको १४ दशमलव आठ मेगावाटको जलविद्युत आयोजना स्रोत भने निर्माणको काम समेत अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक श्रेष्ठ ले जानकारी दिए ।
आउँदो असार महिना सम्ममा उत्पादन गर्ने लक्ष्य लिइएको माथिल्लो सान्जेन चीनमा फैलिएको कोरोना भाइरस ले गर्दा चिनियाँ प्राविधिक आउन नसक्दा उत्पादनमा ढिलो हुने र तल्लो सान्जेन भने एक वर्षमा पुरा हुने बताइएको छ ।
बिदुर खबर बाट साभार
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस