गाउँमा रोजगारीको वातावरण सुनिश्चित नहुँदा युवाहरु पटकपटक बैदेशिक रोजगारीमै आफ्नो भविष्य खोज्न बाध्य
नुवाकोटमा पुर्वाधार निर्माण र सेवा क्षेत्र विस्तार भएपनि गाउँमा रोजगारीको वातावरण सुनिश्चित नहुँदा युवाहरु पटकपटक बैदेशिक रोजगारीमै आफ्नो भविष्य खोज्न बाध्यभएका छन् ।
पछिल्ला बर्षहरुमा जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रमा पुर्वाधार निर्माण अन्तर्गत सडक यातायाता तथा सिंचाई सुविधा सहित राज्यको नयाँ पुनःसंरचना अनुसार स्थानीय सरकार गठन भएपनि श्रम तथा उत्पादनको उचित मूल्य र बजार प्रवद्र्धनको लागि कृषि र ब्यवसायमैत्री वातावरण नहुँदा युवाहरु पटकपटक बैदेशिक रोजगारीमै जानुपर्ने बाध्यता रहेको हो । बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले बिदेशमा आर्जित पुँजी तथा ज्ञान र शीपलाई गाउँठाउँमै प्रयोगगर्ने हिसावले ब्यावसायिक कृषिलाई अंगाल्ने गरेका छन् ।
तर, सरकारी तवरबाट नीतिगत सुधार नहुँदा ब्यावसायिक कृषि उत्पादनले बजार र उचित मुल्य नपाउँदा समय, श्रम र लगानी खेरजाने जोखिम् बढेपछि युवाहरु निराश हुने र बैदेशिक रोजगारीलाई नै शुरक्षित गञ्तव्य देख्ने गरेका हुन् ।
बैदेशिक रोजगारीबाट फर्किएकाहरुले बजारमा उत्पादनको पहिलो पक्ष मानिने किसान भन्दापनि बिचौलिया हावी हुनेगरेको कारण आफ्नो उत्पादनले बजार र उचित मूल्य नपाएपछि समय, श्रम र लगानी जोखिम्मा परेका कारण पटकपटक बिदेशिनु परेको उनीहरुले बताए ।
गाउँगाउँमा फैलिँदैगएको गएको कालोपत्रे सहितको ग्रामिण सडक, घरगाउँमै भेटिने स्थानीय देखि संघिय तथा प्रदेश सरकारद्धारा पुर्वाधार निर्माण सहित शिक्षा, स्वास्थ्य लगायत सेवासुविधा ग्रामिण क्षेत्रमा बिकेन्द्रित हुँदैगएको छ । तर, लक्ष्यअनुरुप नीतिगत सुधार नहुँदा बजार प्रवद्र्धन सहित रोजगारी सुनिश्चिित नहुँदा बिदेशबाट फर्किएका ९० प्रतिशत भन्दाबढी युवाहरु पुनः बैदेशिक रोजगारीमै जानेगरेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस