Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा संञ्चालित कृषि सडक तथा मोटरबाटोहरु निर्यात भन्दापनि आयात केन्द्रीत

नुवाकोटमा संञ्चालित कृषि सडक तथा मोटरबाटोहरु निर्यात भन्दापनि आयात केन्द्रीत


ग्रामिण कृषि उत्पादन र बजार प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा संञ्चालित कृषि सडक तथा मोटरबाटोहरु निर्यात भन्दापनि आयात केन्द्रीत देखिन थालेको छ ।

जिल्लाका ग्रामिण क्षेत्रमा उत्पादित कृषि उत्पादनलाई बजारीकरणमा सघाउँने लक्ष्यसहित जिल्लाका ग्रामिण भेगमा निर्माण गरिएका पहुँचमार्ग तथा मोटरबाटोहरु पछिल्लो

समय युवाहरुमा देखिएको नैराश्यता र श्रमशक्तिको बढ्दो पलायनसंगै उत्पादन प्रभावित हुँदा ग्रामिण कृषि सडक तथा मोटरबाटो निर्यात भन्दापनि आयात केन्द्रीत बनेको हो ।

ग्रामिण कृषि उत्पादनको मुख्य आधार मानिने युवा तथा श्रमशक्तिको पलायनसंगै गाउँमा पौरखी पाखुरा भन्दापनि महिला, बालबालिका र वृद्धवृद्धाको आश्रयस्थल बनेसंगै ग्रामिण क्षेत्रमा परनिर्भरता बढेको छ ।

जसकारकारण करोडौंको लगानीमा गाउँगाउँमा निर्माण गरिएका जिल्लाका अधिकांश मोटरबाटो तथा सडक संञ्जालहरु अहिले आयातमुखी अर्थतन्त्रको आधार रेखाको रुपमा परिणत भएको छ ।

                                       

गाउँगाउँमा उत्पादनसंग प्रत्येक्ष जोडिनुपर्ने युवा तथा श्रमशक्ति गाउँठाउँमै अड्ने र केहिगर्ने भन्दापनि बैदेशिक रोजगारी र शहरी क्षेत्रमै अवशर खोज्ने प्रवृर्तिका कारण जिल्लाका ग्रामिण क्षेत्रहरुमा श्रमशक्तिको अभाव तड्कारो देखिएको छ । जसकोकारण ग्रामिण उत्पादनलाई बजारसंग जोड्ने र आयात प्रतिस्थापन गर्ने सरकारी लक्ष्य रुमल्लिएको छभने निर्वाहमुखी कृषि प्रणाली समेत धर्मराएको छ ।

डेढदशक यता सदरमुकाम विदुर तथा जिल्लाका ब्यापारिक केन्द्र ढुंगे, त्रिशुली बट्टार, तथा ढिकुरे लगायत शहरी क्षेत्र र जिल्लाका चौतर्फी ग्रामिण भेग सडक संञ्जालले जोडिएको छ । तर, ग्रामिण क्षेत्रमा युवा पलायनका कारण श्रम र उत्पादनबीच तादात्म्य नमिल्दा जिल्लामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको परनिर्भरता र आयात बढेको छ ।




क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस